चितुवाको निसानामा बालबालिका, डेढ महिनामा एकको मृत्यु, दुई घाइते
बर्दिया | चैत २१, २०८१
बर्दिया: पछिल्ला केही महिनामा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ ।
फागुन र चैत महिनाका घटना हेर्दा विशेषगरी बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् ।
यस अवधिमा तीनजना बालक चितुवाको आक्रमणमा परेका छन् ।
डेढ महिनामा चितुवाको आक्रणबाट एक बालकको मृत्यु भएको छभने दुई बालक गम्भीर घाइते भएका डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमारी चौधरीले जानकारी दिए।
विसं २०८१ फागुन ३ गते साँझ करिब ८ बजे मधुवननगरपालिका–९ धर्मबस्तीमा दुई वर्षीय बालक रिहान चलाउने चितुवाको सिकार भए ।
ती बालक सानीआमाका घरमा पाहुना आएका थिए ।
यस्तै, यही चैत ९ गते मधुवन नगरपालिका–४ स्थित सरस्वती सामुदायिक वनबाट आएको चितुवाले माया नर्सरी नजिक खेलिरहेका चार वर्षीय बालकलाई साँझ ६ः३० बजेतिर आक्रमण गर्यो ।
मधुवन नगरपालिका–४, गमक्का निवासी मुन्सिराम थारूका चार वर्षीय छोरा शुभम् थारूलाई स्थानीयवासीको सहयोगमा बालकलाई घाइते अवस्थामा उद्धार गरियो ।
यस्तै, बुधबार मात्रै दिउँसो करिब २ बजेको समयमा गुलरिया नगरपालिका–४ इन्द्रेणी टोलका सात वर्षीय सिर्जन चौधरीलाई चितुवाले आक्रमण गरेको छ ।
घरआँगनबाट चितुवाले लैजाँदै गरेको देखेपछि स्थानीयको सहयोगमा बालकको उद्धार गरिएको थियो ।
बालकको घाँटीमा गहिरो चोट लागेको छ । बर्दिया अस्पताल, गुलरियामा प्रारम्भीक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तिमगरले जानकारी दिए।
चितुवाले लगातार आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
स्थानीय नागरिकले वन तथा वातावरण संरक्षणका क्षेत्रमा कार्यरत निकायले चितुवाको आतङ्क नियन्त्रण गर्न आवश्यक उपायहरू अवलम्बन गर्न माग गरेका छन् ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

